• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

रजनीकान्तसँग जोडिएका १० किस्साहरु, जसबारे धैरैलाई थाहा छैन



एजेन्सी । आजकै दिन ७२ वर्ष पहिले अर्थात् १९५० डिसेम्बर १२ मा भारतीय सिनेमा जगतका सुपरस्टार थलाइवा अर्थात् रजनीकान्तको जन्म भएको थियो । बैंगलोरको मिसोर राज्यमा गरिब परिवारमा जन्मेका रजनीकान्तलाई छत्रपति शिवाजीको नामबाट शिवाजी राव गायकवाड नाम दिइएको थियो ।

रजनी चार दाजुभाइ सत्यनारायण, नागेश्वर र अश्वथ (बहिनी) मध्ये कान्छा हुन् । दक्षिण भारतभर रजनीकान्तको फिल्म रिलिज हुनु कुनै पर्वभन्दा कम हुँदैन । धेरै कम्पनीमा कर्मचारीलाई बिदा दिइन्छ ।

दर्शकले आफ्नो रकम खर्च गरेर सुपरस्टार रजनीको फिल्म अरुलाई देखाउँछन् । व्यवसाय, घर, श्रीमतीका गहना समेत बेचेर आफ्नै खर्चमा फिल्म देखाउनेको लामो सूची छ ।

रजनीकान्तको फिल्म रिलिज भएको दिन, पहिलो दिन पहिलो शो हेर्नको लागि धेरै फ्यानहरूले आफ्नो ज्यान जोखिममा पार्छन् । रजनीकान्तको बारेमा नराम्रो काम गरेको भन्दै फ्यानले अरुको हत्या समेत गरेको घटना छ । एक पटक रजनीकान्तको फिल्म हेर्दै एक फ्यानले थिएटरमै ज्यान गुमाएका थिए । आज उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएका रोचक कुराहरुबारे चर्चा गरौँ –

रजनीकान्तलाई बचाउन आत्महत्याको प्रयास
‘राणा’ फिल्मको सुटिङका ​​क्रममा रजनीकान्तको स्वास्थ्य अचानक बिग्रियो । २९ अप्रिल २०११ मा उनलाई एक दिनको लागि अस्पतालमा भर्ना गरिएको थियो । निको भएर फर्किएपछि ५ दिनपछि सास फेर्न गाह्रो भएपछि पुनः आईसीयूमा भर्ना गरिएको थियो ।

रजनीकान्तको स्वास्थ्य अवस्था नाजुक रहेको खबर आएको थियो । उनको मृगौला फेल भएको र मिर्गौला प्रत्यारोपण आवश्यक थियो । उनको स्वास्थ्यलाभको लागि देशैभर यज्ञ गरिएको थियो । उनका फ्यानहरूले घण्टौंसम्म मन्दिरमा पुजा गर्थे ।

यो खबर बाहिर आउनेबित्तिकै रजनीराजा आरोकिसामी नामका ४० वर्षीय फ्यानले मिर्गौला दान गर्न निद्राको चक्की खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । फ्यानले रजनीकान्तको मृत्युपछि मृगौला दिन चाहेका थिए । तर, समयमै उनको उद्धार भयो ।

टिकट नपाएपछि फ्यानले मलको माथिल्लो तलाबाट हाम फालेर आत्महत्या
सन् २०१६ मा रजनीकान्तको फिल्म ‘कबाली’ रिलिज भएको थियो । हरेक पटक झैँ भारत बाहेक विदेशमा पनि टिकट पाउन प्रतिस्पर्धा भएको थियो । मलेसियामा एक फ्यानले टिकट नपाएपछि शोकमा परेर मलको माथिल्लो तलाबाट हाम फालेर आत्महत्या गरे ।

रजनीकान्तविरुद्ध बोल्दा फ्यानले गरे हत्या
साउथ कलाकारहरूले कोरोनाको समयमा ठूलो मात्रामा चन्दा दिइरहेका थिए । तमिलनाडुको विल्लुपुरममा बस्ने अभिनेता विजय र रजनीकान्तका फ्यानहरूबीच कसले बढी चन्दा दिने विषयमा विवाद सुरु भयो । बहस यति बढ्यो कि रजनीकान्तका २२ वर्षीय फ्यान दिनेश बाबुले विजयका फ्यान युवराजलाई निर्घात कुटपिट गर्दा युवराजको मृत्यु भयो ।

रजनीकान्तलाई राजनीतिमा ल्याउन आफैंलाई आगो लगाए
रजनीलाई भगवान सरह पुज्ने फ्यान मुरुगेसनले राजनीतिमा प्रवेश गरून् भन्ने चाहन्थे । आफ्नो माग पूरा गर्न ती फ्यानले रजनीको घरबाहिर आगो लगाएर आत्महत्या गर्ने प्रयास गरे । जलेको फ्यानलाई तत्काल अस्पताल लगियो, जहाँ उनको ज्यान बचाउन सकियो ।

कार्यक्रममा रजनीकान्त नआएपछि निराश फ्यानले विष सेवन गरे
रजनीकान्तका फ्यानहरुलाई २००७ मा आफ्नो जन्मदिनको अवसरमा रजनीकान्तले राजनीतिमा प्रवेशको घोषणा गर्ने अपेक्षा गरेका थिए । तर रजनीकान्त आफ्नो व्यस्त कार्यक्रमका कारण चेन्नई छाड्नुपरेको थियो । अयजुमलाई नामका एक फ्यान रजनीकान्तको अनुपस्थितिमा यति दुखी भएका थिए कि उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरे । यी व्यक्तिले रजनीकान्तको नाममा ठूलो फ्यान क्लब पनि चलाउँछन् ।

रजनीकान्त निको भएपछि फ्यानले १०८ नरिवल तोडे
२०२१ मा रजनीकान्तलाई नियमित चेकअपका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै एक फ्यानले १०८ नरिवल तोडेका थिए ।

रजनीकान्तको फिल्म हेर्न साउथमा बिदाको घोषणा
रजनीकान्तका फ्यानहरुको क्रेज कति सम्म छ भनेर सन् २०१६ मा रिलिज भएको उनको फिल्म ‘कबाली’को रिलिजको दिन साउथका धेरै सहरका कम्पनीहरुले बिदा दिएको थियो । धेरै कम्पनीले आफ्ना कर्मचारीलाई निःशुल्क टिकट समेत वितरण गरेका थिए ।

रजनीकान्तको जन्मदिनमा श्रीमतीका गहना बेचे
रजनीकान्तको फ्यान मणिले आफ्नो जन्मदिनमा भव्य पार्टी गर्न आफ्नी श्रीमतीका सबै गहना बेचे । उनको कथा बाहिर आएपछि श्री. रजनीको डकुमेन्ट्रीमा उनले स्थान पाएका थिए ।

श्रीमतीका गहना बेचेर रजनीकान्तको फिल्म १००० जनालाई देखाइयो
रजनीकान्तको हरेक फिल्म रिलिज हुँदा गोपीले आफ्नो शहरका १००० गरिब मानिसहरूलाई चलचित्र देखाउन चेन्नईमा ल्याउँछन् । उनी रजनीकान्तलाई आफ्नो भगवान मान्छन् । गोपीका अनुसार धेरै वर्षदेखि एक हजार जनालाई फिल्म देखाउन थालेपछि लाखौंको ऋण पनि लागेको थियो । यो ऋण तिर्नका लागि उनले पहिले आफ्नी श्रीमतीका गहना र त्यसपछि घर बेच्नुपर्ने भयो ।

फ्यानहरूले यति धेरै सिक्का फाले कि पर्दा नै च्यातियो
रजनीकान्तको फिल्म ठूलो पर्दामा लागेर उनका फिल्मले पर्व र उत्सवको वातावरण सिर्जना गर्छन् । उनलाई पर्दामा हेरिरहेका फ्यानहरूले उनीमाथि यति धेरै सिक्का हान्न थाले कि सिनेमा हलको पर्दा नै च्यातियो । पछि यही डरका कारण थिएटरमा सिक्का प्रतिबन्ध लगाइयो ।