२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा बन्चरोले हानेर श्रीमतीको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

जनकपुरधाम । धनुषामा बन्चरोले हानेर सुतिरहेकी श्रीमतीको हत्या गरिएको छ ।

आईतबार बटेश्वर गाउँपालिका(५ शान्तिनगरमा ३५ वर्षीय वीरेन्द्र यादवले सुतिरहेकी श्रीमती २७ वर्षीया रितादेवी यादवलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

बञ्चरो आक्रमणबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरस्थित काव्या अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई उपचारपूर्व नै मृत घोषणा गरेका थिए ।

वीरेन्द्रलाई सोमबार बिहान पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।