१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको अस्त्र: राजनीतिक निर्लज्जताको पराकाष्ठा- रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  राजनीतिक कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारले ल्याउन लागेको अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको जनाउनु भएको छ ।

सभापति लामिछानेले सरकारले नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको जनाउनु भयो ।

सरकारको निर्णय पछि सामाजिक संञ्जलमा उहाँले लेख्नुभएको छ-

नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता ? २ हप्ता ?  ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १/२ हप्तापनि कुर्न नसकिने? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।