२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

बेनी अस्पताललाई तीन लाख ७१ हजारको सहयोग

बेनी अस्पताललाई तीन लाख ७१ हजारको सहयोग
अ अ+ अ-

बेनी । म्याग्दीको बेनी नगरपालिका–६  अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु तीन लाख ७१ हजार मूल्य बराबरको सहयोग गर्नुभएको छ । 

दिवङ्गत छोरा डा मङ्गल केसीको १२औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गर्नुभएको हो । आज अस्पतालमा आयोजित कार्यक्रममा दिवङ्गत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फूपु जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

‘‘पछि परेका समुदायका नागरिकको उपचार गरी सेवा गर्ने उहाँको चाहना थियो, तर चाहना पूरा हुन पाएन, कम्तीमा उहाँले राखेको उद्देश्यलाई घरपरिवारले पनि त पूरा गरिदिन सक्छौँ भनेर अस्पताललाई सहयोग गरिएको हो’’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका दिवङ्गत केसीका मामा बेलबहादुर कटुवालले भन्नुभयो । 

उक्त अवसरमा केसीका घरपरिवारले बेनी अस्पतालमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गर्नुभएको थियो भने अस्पतालका प्रमुख डा कँडेलले नयाँ वार्ड सञ्चालनको लागि आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिएकोमा केसीका परिवारलाई धन्यबाद दिँदै प्राप्त सामग्रीको सही उपयोग र संरक्षण गरिने बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत उपलब्ध भएको रु ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ श्यया देखि १५ श्यया क्षमतासम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ । रासस