२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक
फाईल फोटो
अ अ+ अ-

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । 

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ । नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउनका लागि रु ९४ करोड ४९ लाख ९१५ लागत लाग्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्पराज खड्काले जानकारी दिनुभयो ।

 “यसको लम्बाइ दुई हजार १३४ मिटर र उचाइ ८२९ मिटर हुनेछ”, उहाँले भन्नुभयो,“प्रति सेकेन्ड ८ मिटर चल्ने र एक घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् ।” नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्मसम्म केबुलकारमा पुग्नका लागि १० मिनेटको समय लाग्ने डा खड्काको भनाइ रहेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने गरी नीति तथा कार्यक्रममा कालीकोटको कोटवाडादेखि मान्मसम्म केबुलकार, सुर्खेत–सिद्धपाइला र मुगुको रारा–मुर्माटपलगायतका स्थानमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने लक्ष्य राखेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कोटवाडामा विमानस्थल बन्दै गरेको र काम अन्तिम चरणमा रहेकाले विमानस्थल नियमित गर्नका लागि पनि केबलकार आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । 

केबुलकार सञ्चालनमा आएमा सो क्षेत्रका नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउने प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले बताउनुभयो । “केबुलकार बनेमा पर्यटन क्षेत्र चलायमान हुन्छ । पर्यटन क्षेत्रबाट त्यहाँका नागरिकले आर्थिक लाभ लिन सक्छन्”, उहाँले भन्नुभयो,“चालू आर्थिक वर्षबाट नै केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाइने छ ।” (रासस)