२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षकै उमेरमा माटाको मूर्तिहरु बनाउन थालेका युवा आफ्नै गाउँमा मूर्ति बेच्दै



अ+ अ-

काठमाडौं । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् । 

नेपालगञ्ज ७ घाँसियार टोलका १८ वर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा बसेर माटाका मुर्ति बनाउने कला सिकेर घर फर्किएका उनले गाउँमा माग गरे अनुसारको मूर्ति बनाउन सुरुवात गरेका हुन् । उनी यस वर्षमा नै करिब १० देखि १२ ओटा माटाका मुर्ति बनाउने सोच राखेको बताउँछन् ।

माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजार सम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको आकार बनाउने गरिन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि  ३ देखि ५ हजार सम्म नाफा हुने गरेको उनी बताउँछन् । काममा सघाउन र सिप सिक्नका लागि साना साना बालबालिका पनि उनीसँगै जुटेको केवट बताउँछन् । उनी एक सिजनमा माग अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउँछन् । नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाउने गरेको उनको भनाई छ ।

सिप सानो वा ठुलो हुँदैन । र सिप सिक्न तथा सिकेको सिपलाई प्रयोग गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण उनी बन्न चाहेका छन् । आफुले सिकेको सिपबाट अर्थोपार्जन गर्दै आफ्नै सिपको दायरालाई पनि बढाउन आफु क्रियाशिल हुने उनी बताउँछन् ।