२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

सुनसरीमा बाँदर आतंक: मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित

सुनसरीमा बाँदर आतंक: मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित
अ अ+ अ-

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् । गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् ।

खेतबारीमा लगाइएका बालीनाली बाँदरले नष्ट गर्नुका साथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका हुन् ।

देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीवस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी आवासको रुपमा उक्त क्षेत्रलाई प्रयोग गर्न थमालेपछि स्थानीयवासीलाई सास्ती भएको हो । दुई वर्षअघि झन्डै २ सयको संख्यामा गाउँ भित्रिएको बाँदरहरुले सागसब्जी र अन्नबाली खाईदिने तथा खेदाउने क्रममा मानिसहरुलाई समेत आक्रमण गरेर घाईते बनाउन थालेको स्थानीय सुरेन्द्र मेहताले बताउनुभयो ।

मेहताले भन्नुभयो, “दुई वर्षअघि गाउँ प्रवेश गरेका बाँदरहरुले कप्ताागञ्जको शंकरपुरमा रहेको बाँसघारीलाई स्थायी आवासकोरुपमा प्रयोेग गरिरहेका छन्, रातको समयमा शंकरपुरको यो बाँसघारीमा बस्ने बाँदरहरुले दिनभर समूहमा निस्किएर देवागञ्जका विभिन्न बस्तीका किसानहरुको खेत तथा घरमा पसेर उपद्रो मच्चाउँछन्, अन्नबाली तथा शब्जी खाने मात्र होइन, जरा नै उखेलेर फालिदिन्छन् ।”

बाँदरले यतिबेला खेतमा लगाइएका बालीहरु मात्र नष्ट गरेका छैनन्, स्थानीयको भान्सामा पसेर पकाइएका खानेकुराहरु समेत खाइदिने र आक्रमण गर्ने गरेको कप्तानगञ्जका ७० वर्षीय मुंगालाल मेहताले बताउनुभयो । आँगनमा सुकाइएका लसगाफाटो च्यातिदिने र मानिसहरुलाई चिथोरेर घाईते बताउने समेत गरेको उहाँले बताउनुभयो ।  

स्थानीय मेहताले भन्नुभयो, “बाँदरले खेतबारीमा लगाइएको बालीनाली नष्ट मात्र गरेको छैन, भान्सामा पसेर पकाएको खानेकुरा खाने, आँगनमा सुकाएको कपाडाहरु च्यातिदिने र मानिसहरुलाई चिथोर्नै समेत गरेको छ, म पनि एकपटक बाँदरले चिथोरेर घाईते भएको छु ।”

उपद्रो बढदै गएपछि बाँदर धपाउन स्थानीयले गरेका अनेकौँ प्रयास असफल भइरहेको बरु उल्टै बाँदरले आक्रमण गरेर घाइते भएको स्थानीय रमेश मेताले बताउनुभयो । गुलेली हान्ने र टिन ठटाउने लगायतका अनेक उपाय अपनाएपनि बाँदरको समूह अगाडी आफ्नो केही नलागेको उहाँले बताउनुभयो । यस विषयमा गाउँलेहरुले स्थानीय प्रशासन र गाउँपालिकालाई हारगुहार गरेपनि समस्या समाधानमा कुनै निकायले चासो नदिएको मेहताले गुनासो गर्नुभयो ।

प्रशासनबाट पनिचासो नदिएकोले स्थानीयहरु आफैँ मिलेर बाँदरलाई अल्मल्याउन भन्दै बाँदरको बासस्थान बाँसघारीमैं काँचो शब्जी,चिजबल र भुजा लगेर छरिदिने गरेको स्थानीयहरुले बताए । देवानगञ्जवासीलाई बाँदरको आतंकबाट मुक्ति दिलाउन स्थानीय प्रशासन र गाउँपालिकाले ठोस कदम नचालेको स्थानीयको गुनासो छ ।