• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास

सुखविन्दर बने हिमाचलको नयाँ मुख्यमन्त्री



एजेन्सी । भारतको हिमाचल प्रदेशका नयाँ मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सपथ लिएका छन् । उनले आइतबार दिउँसो १ः५० बजे राज्यको १५औँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

सपथग्रहण समारोहमा राहुल गान्धी, प्रियंका गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे पनि उपस्थित थिए । प्रियंकाले मुख्यमन्त्री पदको दावेदार प्रतिभा सिंहलाई आफ्नो छेउमा बसाइन् ।

सखुले कांग्रेसका सबै विधायकहरू सहित मञ्चबाट समर्थकहरूलाई अभिवादन गरे । रिज मैदानमा राज्यपाल राजेन्द्र विश्वनाथले सुखु र उपमुख्यमन्त्री मुकेश अग्निहोत्रीलाई सपथ गराएका थिए । सपथ समारोहमा प्रतिभा सिंहलाई निम्तो दिन बिहान सखु आफैं आएका थिए । सुखुले भने– ‘पार्टी पहिले, मुख्यमन्त्री पछि । प्रतिभा सिंह मेरो आइडल हुन् ।’

मुख्यमन्त्री सुखविन्द सिंह सुखु चौथो पटक र मुकेश अग्निहोत्री पाँचौ पटक विधानसभामा पुगेका छन् । यसअघि, सुखु कांग्रेसको प्रदेश अध्यक्ष, एनएसयूआईका अध्यक्ष, शिमलामा एमसीको दुई पटक नगरसेवक, युवा कांग्रेस प्रमुख र २०२२ मा चुनाव प्रचार समितिको अध्यक्ष निर्वाचित भएका थिए ।

विधानसभा चुनावमा कांग्रेसले ६८ सिटमध्ये ४० सिट जितेको छ भने भारतीय जनता पार्टी (भाजपा) २५ सिटमा सिमित भएको छ ।