९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ



बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल
अ+ अ-

गलकोट । शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए ।

मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको सङ्ख्या बढेको छ । पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

कोरोना महामारीका कारण केही समय थलिएको यहाँको पर्यटन गतिविधि पछिल्लो समय भने चलायमान हुन थालेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

टिकटकमा देखेको पुल प्रत्यक्ष रुपमा देख्दा खुसी लागेको शैक्षिक भ्रमणमा आउनुभएका गुल्मीका अभिषेक शर्माले बताउनुभयो । “सामाजिक सञ्जालमा देखेको नेपालकै लामो पुल कस्तो होला भन्ने थियो, यही पुल हेर्न हामी यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “लामो पुलसँगै बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालयको भ्रमण गर्दा निकै खुसी लाग्यो ।”

पछिल्लो पाँच वर्षमा बागलुङ बजार क्षेत्रमा तीन वटा पर्यटकीय गन्तव्य थप भएकाले पर्यटक बढेको कालिका मल्टिप्यालेसका सञ्चालक अर्जुन चोखालको भनाइ छ । “पहिले कालिका मन्दिर दर्शनका लागि मात्रै आन्तरिक पर्यटक आउथे भने अहिले गण्डकी गोल्डेन ब्रिज, शालग्राम सङ्ग्रहालय र पञ्चकोट पर्यटकीय गन्तव्यका रुपमा थपिएपछि पर्यटकको चाप बढी भएको हो”, चोखालले भन्नुभयो ।

पर्यटक बढेपछि यहाँका होटलको व्यवसाय पनि बढेको छ । हाल यहाँ गुल्मी, म्याग्दी, पोखरा, चितवन, बुटवल र काठमाडाँैलगायतका स्थानबाट शैक्षिक भ्रमणमा आउने गरेका छन् । हाल बागलुङ नगरपालिका–६ पञ्चकोटमा रु ४० करोड लगानीमा पर्यटकीय पूर्वाधार र मन्दिर निर्माण भइरहेको छ । साथै बागलुङ नगरपालिका(४ कुडुँले फेदीमा श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सवालाख शालग्राम भूमिगत रुपमा सङ्ग्रहालय बनाइएको छ ।

झोलुङ्गे पुलले फेरियो दैनिकी

बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका दुई गाउँ जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयको जनजीवन सहज भएको हो । यसअघि कादेशबाट लेखानी पुग्न डेढघण्टा खर्चनुपर्नेमा पुल निर्माणसँगै दूरी १० मिनेटमा सीमित भएको छ । पुल निर्माणपछि समयको मात्रै बचतसँगै स्थानीयको जीवनमा समेत सहजता थपिएको छ । पठनपाठनका लागि लेखानी मावी आउने विद्यार्थीलाइ सहज भएको स्थानीय प्रेमबहादुर श्रीषको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको रु दुई करोड ९३ लाख ८५ हजार छ सय ५० मा पुल निर्माण भएको हो । दुई गाउँ जोड्ने तीन सय ५९ मिटर लामो र ९५ मिटर अग्लो पुल निर्माणपछि स्थानीयवासीलाई सहज भएको निर्वतमान वडाध्यक्ष चित्राकुमारी श्रीषको भनाइ छ ।

पुल निर्माणपछि कादेशका झण्डै चार सय घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्न सहज भएको छ । साथै मध्यपहाडी लोकमार्ग भएर सिधैँ बागलुङ बजार आउन सहज भएको छ ।