३० भाद्र २०८३, मंगलवार
,
Latest
बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण सुनचाँदीको मूल्य घट्यो जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान



अ+ अ-

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा स्वीमङमा  एलेक्जेन्डर गाडेगार्ड  शाह (एलेक्स)ले १०० मिटर फ्रि(स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

हिट्(१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गरेका एलेक्सले प्रथम स्थान हासिल गरेका थिए । यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावनामा भने पूर्णविराम लागेको छ । 

हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी छन् ।  पौडीबाट प्रतिस्पर्धा गर्ने अर्की नेपाली खेलाडी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्दैछिन् ।