२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान नपढ्ने माओवादी !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश नं २ मा तिलक परियारलाई प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न सरकारलाई सिफारिश गरेको छ । 

उहाँहरु दुवै जना ती प्रदेशमै प्रमुख हुनुहुन्थ्यो र समयावधि अगावै ओली सरकारले निष्काशन गरेको थियो । 
तर आज मन्त्रिपरिषदले ती प्रदेशमा प्रमुख परिवर्तन गर्ने भनेपछि माओवादीले उहाँहरुलाई सिफारिश गरेको हो । 

तर रमाइलो कुरा त के छ भने संविधानको धारा १६३ मा यसरी एकै व्यक्ति कुनै प्रदेशमा प्रमुख भएर निस्किएपछि दोहोराएर सोही प्रदेशमा उही व्यक्तिलाई पुनः नियुक्ति गर्न पाइँदैन । 
यसैले माओवादीले यो निर्णय गरेपछि सामाजिक सञ्जालमा धेरैको प्रश्न आएको छ कि राजनीतिक पार्टीले संविधान पढ्छन् कि पढ्दैनन् ?