२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान नपढ्ने माओवादी !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश नं २ मा तिलक परियारलाई प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न सरकारलाई सिफारिश गरेको छ । 

उहाँहरु दुवै जना ती प्रदेशमै प्रमुख हुनुहुन्थ्यो र समयावधि अगावै ओली सरकारले निष्काशन गरेको थियो । 
तर आज मन्त्रिपरिषदले ती प्रदेशमा प्रमुख परिवर्तन गर्ने भनेपछि माओवादीले उहाँहरुलाई सिफारिश गरेको हो । 

तर रमाइलो कुरा त के छ भने संविधानको धारा १६३ मा यसरी एकै व्यक्ति कुनै प्रदेशमा प्रमुख भएर निस्किएपछि दोहोराएर सोही प्रदेशमा उही व्यक्तिलाई पुनः नियुक्ति गर्न पाइँदैन । 
यसैले माओवादीले यो निर्णय गरेपछि सामाजिक सञ्जालमा धेरैको प्रश्न आएको छ कि राजनीतिक पार्टीले संविधान पढ्छन् कि पढ्दैनन् ?