• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्सः प्लेयर टु वाच



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरात ००ः४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना – लियोनल मेसी


अर्जेन्टिनाले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैगर्दा सबैको नजर अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन मद्दत गर्ने लियोनल मेसीमा हुनेछ । आफ्नो अन्तिम विश्वकप खेलेका ३५ वर्षीय मेसीले जारी विश्वकपमा ४ खेलमा ३ गोल गरिसकेका छन् । उनले गोलमात्र गर्दैनन् आफ्ना टिमका खेलाडीलाई गोल गर्न मद्दत गर्छन् भने उनको खुट्टामा बल परेपछि उनलाई रोक्न बिरोधी टिमका खेलाडीले हरसम्भव प्रयास गर्दछन् ।

नेदरल्याण्ड्स – मेम्फिस डिपाए


नेदरल्याण्ड्सका फरवार्ड मेम्फिस डिपाए लयमा फर्किएका छन् । प्रि–क्वाटरफाइनल खेलमा अमेरिकाविरुद्ध गोल गर्दै लयमा फर्किएको संकेत गरेका डिपाएमाथि सबैको नजर पर्नेछ । २८ वर्षीय डिपाएले नेदरल्याण्ड्सका लागि ८५ खेलमा ४३ गोल गरेका छन् ।

यसैबीच नेदरल्याण्ड्सको टोलीमा कसैलाई पनि हराउन सक्ने क्षमता छ । नेदरल्याण्ड्सले सन् २०१४ को विश्वकपमा भोगेको अर्जेन्टिनासँगको हारको बदला लिन खोज्दैछ । सन् २०१४ मा अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।