५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः साविक विजेतासहित चार च्याम्पियन राष्ट्र मैदानमा, चारको नजर पहिलो ट्रफिमा



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारदेखि शीर्ष ८ टोलीबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको यस विश्वकपमा अब ८ देशमात्र उपाधिका लागि दौडमा छन् ।

जसमा ब्राजिल, क्रोएसिया, नेदरल्यान्ड्स, अर्जेन्टिना, मोरक्को, पोर्चुगल, इंग्ल्याण्ड र फ्रान्स रहेका छन् ।

९२ वर्ष पुरानो प्रतियोगिताको चालू सिजनको क्वाटरफाइनलमा ४ टोलीले विश्वकपको उपाधि जित्न सफल भएका छन् । बाँकी ४ ले एकपटक पनि उपाधि उचाल्ने मौका पाएका छैनन् । ब्राजिलले ५ उपाधि जितेको छ भने अर्जेन्टिना र फ्रान्सले २ उपाधि जितेका छन् । जबकि इंग्ल्याण्डले एक उपाधि जितेको छ ।

ब्राजिल भर्सेस क्रोएसिया – राति ८ः४५ बजे
पाँच पटकको च्याम्पियन ब्राजिल १७ औं पटक विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोलीले लगातार आठौं पटक विश्वकपको शीर्ष ८ मा प्रवेश गरेको हो ।

जबकि क्रोएसिया तेस्रो पटक यो राउण्डमा पुग्न सफल भएको छ । सन् २०१८ को रुसमा भएको विश्वकपमा उपविजेता रहेको क्रोएसिया फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको थियो ।

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स – राति ००ः४५ बजे
नेदरल्याण्ड्सले योसहित पाँचौं पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । अर्कोतर्फ अर्जेन्टिनाले २ पटक उपाधि जितेको छ । डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाको टोली सन् १९८६ मा च्याम्पियन बनेको थियो । यस्तै, सन् १९७८ को विश्वकप उपाधि पनि अर्जेन्टिनाले उचालेको थियो ।

मोरक्को भर्सेस पोर्चुगल – शनिबार राति ८ः४५ बजे
यस खेलका दुवै टोलीले विश्वकप जितेका छैनन् । मोरक्को विश्वकपको यो राउण्डमा पुग्ने अफ्रिकाको चौथो देश हो । पोर्चुगल तेस्रो पटक अन्तिम ८ मा प्रवेश गरेको छ । उसले पछिल्लो पटक सन् २००६ मा अन्तिम ८ मा स्थान बनाएको थियो ।

इंग्ल्याण्ड भर्सेस फ्रान्स – शनिबार राति ००ः४५ बजे
सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड १० औं पटक यस राउण्डमा पुगेर सेमिफाइनलमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । पछिल्लो पटक पनि इंग्ल्याण्ड सेमिफाइनलसम्म पुगेको थियो जहाँ उसले क्रोएसियासँग २–१ ले हार ब्यहोरेको थियो ।

अर्कोतर्फ साविक विजेता फ्रान्सले २०१८ को विश्वकप फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको थियो । त्यसअघि फ्रान्सले १९९८ मा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो ।