२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वाटरफाइनलका खेलहरु आजबाट, ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ ।

आज शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया आमनेसामने हुँदैछन् ।

ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । दुबै टोलीको प्रमुख लक्ष्य जित निकाल्दै सेमिफाइनल पुग्ने रहेको छ ।

ब्राजिलले प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई हराएको थियो भने साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यसैगरी आजै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल लुसेल स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियालाई हराएको थियो भने नेदरल्यान्ड्सले अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।