३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा स्कटल्याण्डलाई १२० रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १४ रन थपे। यसै ललित नारायण राजवंशीले ११ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका तर्फबाट मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले २र२ विकेट लिए । त्यस्तै, क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले १र१ विकेट लिए ।

यस सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा हालसम्म तीन एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । जसमा स्कटल्याण्डले दुई पटक जितेको छ भने नेपाल एक खेलमा विजेता बनेको छ ।

२३ खेलमा १८ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने ३१ खेलमा ४४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।