१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान

रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान
अ अ+ अ-

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् ।

सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरु गरिएको बताउनुहुन्छ । “रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

सो अभियानलाई पाल्पाको रामपुरबाट सुरु गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय–सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताउनुभयो ।

सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । हाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत रामपुर–५ स्थित मटेरी ठूलोटारबाट अभियान सुरु गर्न त्यहाँ अहिले सार्वजनिक र निजी जग्गा छुट्याउने काम भइसकेको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

“रामपुरलाई सुन्दर र हरियाली सहर बनाउने सङ्कल्प लिएका छौँ, हाललाई कायम भएको बाटोको मापदण्डअनुसार अनधिकृतरूपमा बनेका संरचनालाई हटाउनेछौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवका योजनापश्चात नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हड्पेका सार्वजनिक जग्गामा बनेका संरचना हटाइनेछ ।”

रामपुर नगरले बजारमा अव्यवस्थितरूपमा सडकपेटी मिचेर राखेका सामान जफत गर्ने अभियानसमेत सुरु गरेको छ । सडकपेटी मिचेर छरपस्ट राखिएका सामानले बजारमा दुर्घटनाको जोखिम बढेको थियो । अहिले सो अभियानले रामपुरको मुटु मानिने बेझाड बजार व्यवस्थित बन्दै गएको छ ।

पाल्पा क्षेत्र नं १ ९१० मा प्रदेशसभा सदस्यमा नवनिर्वाचित राजुप्रसाद श्रेष्ठले पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको र तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

“विसं २०५४ मा साविक रामपुर गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दादेखि नै सार्वजनिक जग्गा संरक्षणमा अग्रसर भएर लागेको हँु, त्यसयता सार्वजनिक जग्गा हडप्ने कार्यमा केही स्थिरता आएको छ, सार्वजनिक जग्गामा बनेका संरचनालाई हटाएर यसलाई व्यवस्थित बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलले अडान लिन नसक्दा सार्वजनिक जग्गा हडप्ने कार्य भएको हुँदा बाटो मिचेर बनाइएका घर, भवन भत्काउनुपर्ने समाजसेवी फणेश्वर गौतमले बताउनुभयो । साँच्चिकै सुकुम्बासी हुन् या होइनन् पहिल्याएर सुकुम्बासी भएमा सार्वजनिक जग्गामा बसोबास गर्न दिनुपर्ने र अन्यत्र पालिकामा स्थायी बसोबास रहेका तर रामपुरमा अस्थायीरूपमा सार्वजनिक जग्गा हडपेर बसेका छन् भने तिनलाई हटाउनुपर्ने समाजसेवी तथा ज्येष्ठ राजनीतिज्ञ देवराज ढकालले बताउनुभयो ।

मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सार्वजनिक जमिन संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय निकाय वा प्रशासनको रहेको बताउनुहुन्छ । सबैभन्दा पहिला रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने यहाँका स्थानीयवासीको माग छ । राजनीतिक शक्तिको आडमा रहेर रातारात सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनाउने गलत प्रवृत्ति छ । त्यसलाई रोक्न र सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण गर्दै बाल खेल संसारको योजना समितिले ल्याएको छ । रासस