२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला हत्या प्रकरण: वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ



अ+ अ-

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिका( ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्याको आरोपमा वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ परेको छ ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता रहेका विष्टको मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाबारे अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट , पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीको अनुसार उनीहरूलाई बुधबार नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

नरसिंह विष्टको घटना लगत्तै प्रहरीले सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो । प्रहरीले घटनामा दोषि पुष्टि गर्दै दिपकलाई मङ्सिर १२ गते सार्वजनिक गरेको थियो ।

वयानमा दिपकले मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिकाको वडा नम्बर ४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंहसँग भेट भएको र आफूले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद भएपछि उनको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको बताएका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धानको लागि निवर्तमान र वर्तमान वडाध्यक्ष सहित थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।