• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

जुम्ल्याहा बेहुलीले एकै बेहुलासँग बिहे गरेपछि…



एजेन्सी । विवाह समारोहसँग सम्बन्धित रोचक र अचम्मलाग्दो भिडियोहरू प्रायः सामाजिक सञ्जालमा देखा पर्छन् ।

हालै भारतको महाराष्ट्रबाट यस्तै विवाहसँग जोडिएको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा आईटी इन्जिनियर जुम्ल्याहा दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जुन देखेर सबै छक्क परेका छन् ।

महाराष्ट्रको सोलापुरमा एउटा अनौठो विवाह भएको छ, यो विवाहमा दुई दुलही छन् तर एक जना दुलहा मात्रै छन् । दुई जुम्ल्याहा दिदीबहिनीले एउटै बेहुलासँग विवाह गरेर सात जन्मको अटुट बन्धनमा बाँधिएको बताइएको छ ।

एउटै बेहुलासँग दुई दिदीबहिनीको विवाह गरेको भन्दै अहिले उजुरी परेको छ । कतिपयले यो विवाहको विरोध गरिरहेका छन् भने कतिपयले यसको खिल्ली उडाइरहेका छन् ।

महाराष्ट्रको सोलापुरमा विवाहको एउटा अनौठो भिडियो भाइरल भइरहेको छ, जहाँ दुई जुम्ल्याहा दिदीबहिनीले एउटै दुलहासँग विवाह गरेका छन् । दुबै दिदीबहिनी पेशाले आईटी इन्जिनियर रहेको बताइएको छ । यो विवाह समारोहको भिडियो भाइरल भएपछि प्रहरीले बेहुलाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

यो विवाह सोलापुरको मालशिरस तहसीलमा गत शुक्रबार भएको बताइएको छ । केही दिनअघि बुबाको मृत्यु भएपछि दुवै जना मालसिरसमा आमासँग बस्दै आएका थिए । दुलहाको नाम ट्राभल एजेन्सी चलाउने अतुल रहेको बताइएको छ । एक पटक रिंकी र पिङ्कीकी आमा बिरामी पर्दा दुवैले उनलाई अस्पताल लैजान अतुलको कार प्रयोग गरेका थिए । यसैबीच अतुल दुवै जुम्ल्याहा दिदीबहिनीको नजिक पुगे, त्यसपछि दुवै दिदीबहिनीले अतुलसँग विवाह गर्ने निर्णय गरे ।