२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुखद्वय गुरुङ र शेरचनद्वारा पद तथा गोपनीयताको सपथग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखद्वय पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उहाँहरुलाई सपथ गराउनुभएको हो । 

सपथग्रहरण समारोहमा उपराष्ट्र नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा सहभागी हुनुहुन्थ्यो । 

मंगलबारको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न । राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

तस्बिर : प्रदीपराज वन्त/रासस