२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

ओलीको ‘आममाफी’ जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ : वरिष्ठ नेता नेपाल

ओलीको ‘आममाफी’ जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ : वरिष्ठ नेता नेपाल
अ अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले  ‘आममाफी’ दिने अभिव्यक्ति जिब्रो चिप्लिएर नआएको बताएका छन् । आफू निकट नेताहरुसँग नेता नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका हुन्। 

 ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपालले भने । 

आफू पार्टी एकताको पक्षमा रहेपनि ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए ।

आफू जहिलेपनि पार्टी एकताको निम्ति अडिक हुने उनले बताए । ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ नेपालको भनाइ छ ।

उनले दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाललाई अर्को अध्यक्ष बनाउनु पर्ने प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । ‘दुई अध्यक्ष हुँदा झलनाथ खनाल हुने उहाँ (माधव नेपाल) को कुरा छ,’ एक नेता भन्छन् ।

पार्टीभित्र सबैले सम्मानको अनुभूति गरेर मात्रै एकता हुने नेता नेपालको धारणा रहेको एक नेताले बताए । उनका अनुसार नेता नेपालले एमालेको दोस्रो अध्यक्ष नबन्ने अडान लिएका छन् । ‘तेस्रो अध्यक्ष त पहिले पनि प्रस्ताव गरिएको हो । अहिले दोस्रोमा के भिन्नता छ, यो मान्नै कुरै हुन्न,’ नेता नेपालको भनाइ छ ।

सार्वजनिक अभिव्यक्तिबाट सुनेको, तर अध्यक्षको प्रस्ताव नआएको र आफूले पनि नमागेको बताउने नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाउ दिएका छन् ।