• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   ‘बोक्सीको घर’ प्रदर्शनमा,उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर

विश्वकप खेलिरहेका इंग्ल्याण्डका स्टार खेलाडीको घरमा डकैती, कतार छाडेर घर फर्किए



एजेन्सी । इंग्ल्याण्ड फुटबल टिमका अनुभवी खेलाडी रहिम स्टर्लिङ टोली छाडेर स्वदेश फर्किएका छन् । रहिमको घरमा केही हतियारधारी व्यक्ति घुसेका थिए ।

यसपछि उनले टोली छाडेर कतारबाट स्वदेश फर्कने निर्णय गरेका छन् । उनको टोली क्वार्टरफाइनलमा शक्तिशाली फ्रान्ससँग भिड्दै छ र महत्वपूर्ण खेलका लागि स्टर्लिङ उपलब्ध हुनेमा शंका छ ।

उनी यो महत्वपूर्ण खेलबाट बाहिर रहन सक्छन् । यो खेल शनिबार हुनेछ । यद्यपि, स्टर्लिङले घर गएर कतार फर्कने समय भने पाउनेछन् ।

इंग्लिस फुटबल एसोसिएसनले चेल्सीका फरवार्डलाई पारिवारिक मामिला सुल्झाउन समय दिएको खुलासा गरेको छ । यही कारणले सेनेगलविरुद्धको खेलमा उनले खेलेका थिएनन् । उनको टोलीले खेल ३–० गोलले जित्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

बेलायती सञ्चारमाध्यमका अनुसार शनिबार राति उनको परिवार त्यहाँ रहेको बेला स्टर्लिङको घर घुसपैठिले तोडफोड गरेका थिए । इङ्ल्यान्डका प्रबन्धक ग्यारेथ साउथगेटले भने, ‘अहिलेको प्राथमिकता उसको परिवारसँग हुनु नै हो । हामी उनलाई समर्थन गर्नेछौं र उनलाई जति समय चाहिन्छ त्यो दिनेछौं ।’

साउथगेटको ६ वर्षको कार्यकालमा स्टर्लिङ इंग्ल्याण्डका लागि महत्वपूर्ण खेलाडी थिए । २७ वर्षीय रहिमले आफ्नो देशका लागि ८१ खेलमा २० गोल गरेका छन् । २०२२ को विश्वकपमा इरानलाई ६–२ ले हराउँदा उनले पनि गोल गरेका थिए ।