४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

गुजरात चुनाव : प्रधानमन्त्री मोदीकी आमा हिराबाले गर्नुभयो मतदान

गुजरात चुनाव : प्रधानमन्त्री मोदीकी आमा हिराबाले गर्नुभयो मतदान
अ+ अ-

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबाले सोमबार गुजरात विधानसभा चुनावको दोस्रो चरणमा गान्धीनगर नजिकैको रायसन गाउँमा मतदान गर्नुभयो ।

जुनमा १०० वर्ष पुग्नुभएकी हिराबा आफ्नो कान्छो छोरा पञ्कज मोदीसँग गान्धीनगरको रायसन गाउँमा बस्नुहुन्छ ।

पञ्कज र परिवारका अन्य सदस्यहरूसँग उहाँले ह्वीलचेयरमा मतदान केन्द्र पुगेर र मतदान गर्नुभयो ।

प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमालाई उहाँको घरमा भेटेर आशीर्वाद माग्नुभएको थियो ।

प्रधानमन्त्रीले पनि सोमबार अहमदाबादको मतदान केन्द्रमा मतदान गर्दै राज्यका जनताले सबैको कुरा सुन्ने तर सत्य कुरा स्वीकार गर्ने उनीहरूको स्वभाव भएको बताउनुभयो।

गुजरात विधानसभाको १८२ सिटमध्ये ९३ सिटका लागि दोस्रो चरणमा मतदान भइरहेको छ। मतगणना डिसेम्बर ८ मा हुनेछ।
एजेन्सी