• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मकवानपुरमा कांग्रेसका कार्यकर्ताद्वारा पत्रकारमाथि कुटपिट



हेटौँडा । मकवानपुरमा नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका( २ स्थित पल्पसा होटलमा आइतबार राति कांग्रेसका करिब एक दर्जन कार्यकर्ताले वागमती एक्सप्रेस साप्ताहिक पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपिट गरेका हुन् ।

कुटपिटमा पत्रकार बञ्जरा र एलन घाइते भएका छन् । घाइते दुई पत्रकारले ज्यान मार्ने उद्योगमा उनिहरुबिरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एक विज्ञप्ति जारी गर्दै एलनमाथि कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाहीको माग गरेको छ । समाजवादी प्रेस संगठनले उपमहासचिव राजकुमार एलनलाई राजेश भेटुवालसहितको २०र२२ जनाको जत्थाले कुटपिट गरेको र पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै कारबाहीको माग गरेको छ ।

मकवानपुर कांग्रेसले आइतबार मात्रै पत्रकार सम्मेलन गरी वागमती एक्सप्रेसमा प्रकाशित समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।