• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



Symbolic Picture

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

हिजो बेलुकी ८ बजे कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप बराहताल गाउँपालिका–८ दमारेमा अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खस्दा दुर्घटना भएको हो ।

जीपमा सवार १० जनामध्ये घाइते भएका ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् ।

जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।