एजेन्सी । सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको छ ।
जापानमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला ट्रयाप सुटिङमा एलेसान्द्रा पेरिलीले कास्य पदक जितेपछि सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको हो ।
झन्डै ३४ हजारमात्र जनसंख्या रहेको सान मारिनोका लागि पेरिलीले विहीबार पहिलो पदक दिलाइन् । उनले २९ स्कोर जोड्दै पदक जितेकी हुन् ।
यसअघि सन् २०१२ को लन्डन ओलम्पिकमा चौथो स्थानमा रहँदै पदकबाट बन्चित रहेकी उनी टोकियोमा भने पदक जित्न सफल भइन् ।
सान मारिनोले यसपटक ओलम्पिकमा ५ खेलाडीलाई मात्र पठाएको थियो ।











