२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार



अ+ अ-

रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थित चाकरचौडामा एक भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।

भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय इरशाद खानमाथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारस्थित एक होटलमा बसेका खानमाथि काँध र कम्मरमा दुई गोली लागेको प्रहरीले बताएको छ । गोली लागेपछि घाइते भएका उनलाई भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बताइएको छ ।

खानमाथि कसले गोली हानेको हो भन्नेबारे कुनै पहिचान भएको छैन । प्रहरीले भारतीय प्रहरीको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान बढाएको छ ।