२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरा प्रकरण: विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ



अ+ अ-

कैलाली । बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले हत्याको आरोपमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसँगै तीन जनालाई पक्राउ गरेको हो ।

मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष अयडीसहित २२ जनाविरुद्ध जाहेरी दिएका थिए । ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंसिर ४ गते एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष अयडीलाई घरमा सुतिरहेकाबेला बीभत्स हत्या गरिएको थियो ।

अहिले पक्राउ परेको वडाध्यक्ष एक महिना अघि मात्र धरौटीमा छुटेका थिए । नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।