११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन

स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको बिहीबार बसेको बैठकले कोभिड १९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिदैँ सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले आवश्यक भौतिक संरचना एवम् उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रवन्ध गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरु देवी पालले बताउनुभयो । समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न, बालमैत्री क्वारेन्टीन बनाउन पनि निर्देशन गरेको छ । 

उहाँले भन्नुभयो – ‘पहिलो र दोस्रो चरणको कोरोना महामारीको तिव्रता, यसको असर एवम् व्यवस्थापनगत वा प्रवन्धगत प्रणालीमा देखिएको सुधार गर्नुपर्ने पक्षहरु, अनुभवहरुबाट शिक्षा ग्रहण गर्दै सन्निकट, सम्भाव्य तेस्रो लहरको कोरोना महामारीको प्रभावलाई अधिकतम रुपमा न्यूनिकरण, रोकथामको पहल गर्न एवम् यस महामारीलाई सामना गर्न शिघ्र पूर्वतयारी सहित परिणामदायी रणनीति बनाउन आवश्यक भौतिक संरचना एवम् उपकरणहरुको शिघ्र व्यवस्थापन गर्न, खोप लगायतका विषयहरुको प्रवन्ध गर्न समिति कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।

बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको शिघ्र व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण पहल गर्न स्थानीय तह लगायतका बालबालिकामैत्री क्वारेन्टीन एवम् अन्य आवश्यक संरचना शिघ्र निर्माण गर्न, गराउन समितिको यो बैठक कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र समन्वयका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले बालबालिका सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरुको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा देखिएको दुविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समिति सभापति पालले भन्नुभयो – ‘कोभिड सामना गर्न जनस्वास्थ्यकर्मीहरुको प्राथमिक एवम् महत्वपूर्ण भुमिका रहन्छ । उपलब्ध बालबालिका सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मीहरुको संख्या अपेक्षित रुपमा न्यून रहेको अवस्थामा अन्य उपलब्ध स्वास्थ्यकर्मीहरुको समुचित र प्रभावकारी व्यवस्थापन गर्न, अनिवार्य रुपले खटाइएको ठाउँमा सेवा गर्नैपर्ने गरी स्वास्थ्यकर्मीहरुमा वृत्ति विकास सम्बन्धी देखिएका दुविधालाई शिघ्र संशोधन गरी उच्च मनोबल कायम गराउन समिति कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ । 

कोभिड संक्रमण भएका बालबालिकाहरुको उपचारमा कुनैपनि कारणबाट अभाव हुनै नदिन बालबालिका सम्बन्धी ऐनमा, स्थानीय तहमा बालकल्याण अधिकारी रहने प्रावधानलाई अनिवार्य रुपमा  कार्यान्वयनमा ल्याउन साथै कोभिडका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य एवम् व्यवस्थित रुपले संरक्षण प्रदान गर्न, पुर्नस्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र नेपाल बाल अधिकार परिषद्लाई निर्देशन गर्दछ ।’

निषेधाज्ञाका कारण बालबालिकाहरु घरभित्रै सिमित भएकाले उनीहरुको मनोसामाजिक अवस्थाको अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँदै समितिले डिजिटल संसारमा सक्रिय रहेका बालबालिकाहरुको समग्र विकासमा परेको प्रभाव लगायत विषयमा तथ्यमुलक अध्ययन गर्न पनि निर्देशन दिएको छ ।