२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनले माधव नेपाललाई अझै पर्खिने



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने भएको छ । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको हो ।

स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई बिहीबार उनकै निवासमा भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

नेपाल आफ्नै समूहभित्रबाट पार्टी एकताको लागि दबाबमा परेका बेला प्रचण्डले सकेसम्म शुक्रबारसम्म निर्णय दिन आग्रह गरेका हुन् ।

नेपाल पक्षको भागमा सरकारमा गए ६ वटा मन्त्रालय पर्ने भएको छ ।

यदि नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी र जसपाले समान सातवटा मन्त्रालय पाउनेछन् भने कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको बताइएको छ ।