२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सत्ता गठबन्धनले माधव नेपाललाई अझै पर्खिने

सत्ता गठबन्धनले माधव नेपाललाई अझै पर्खिने
अ अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने भएको छ । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको हो ।

स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई बिहीबार उनकै निवासमा भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

नेपाल आफ्नै समूहभित्रबाट पार्टी एकताको लागि दबाबमा परेका बेला प्रचण्डले सकेसम्म शुक्रबारसम्म निर्णय दिन आग्रह गरेका हुन् ।

नेपाल पक्षको भागमा सरकारमा गए ६ वटा मन्त्रालय पर्ने भएको छ ।

यदि नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी र जसपाले समान सातवटा मन्त्रालय पाउनेछन् भने कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको बताइएको छ ।