२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल पक्ष सरकारमा नजाने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा नजाने कुरा प्रस्ट पारेको छ । 

पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी बनीनसकेकोले सो समूह सरकारमा सहभागी नहुने भएको हो । 

तत्काल सरकारमा नहुने र सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत नदिएको एक नेताले बताए । 

यता सत्तारुढ गठबन्धनले भने माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।

बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिँदै पार्टी एकता वा विभाजनको निर्णयमा भने ढिलाइ नगर्न नेता नेपाललाई दबाव दिएका थिए ।

यता सत्ता गठबन्धन भने माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने बताएको छ । 

बिहिबार देउवा र प्रचण्डबीच भएको छलफलमा शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको छ ।

यो पनि पढ्नुस्ःसत्ता गठबन्धनले माधव नेपाललाई अझै पर्खिने