२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

माधव नेपाल पक्ष सरकारमा नजाने

माधव नेपाल पक्ष सरकारमा नजाने
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा नजाने कुरा प्रस्ट पारेको छ । 

पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी बनीनसकेकोले सो समूह सरकारमा सहभागी नहुने भएको हो । 

तत्काल सरकारमा नहुने र सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत नदिएको एक नेताले बताए । 

यता सत्तारुढ गठबन्धनले भने माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।

बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिँदै पार्टी एकता वा विभाजनको निर्णयमा भने ढिलाइ नगर्न नेता नेपाललाई दबाव दिएका थिए ।

यता सत्ता गठबन्धन भने माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने बताएको छ । 

बिहिबार देउवा र प्रचण्डबीच भएको छलफलमा शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको छ ।

यो पनि पढ्नुस्ःसत्ता गठबन्धनले माधव नेपाललाई अझै पर्खिने