२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबाको पहिचान नभएको खण्डमा केही लेख्नैपर्छ भन्ने छैन: कानूनव्यवसायी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । बुबा वा आमा जो कोही एक जनाकोबाट वंशजको आधारमा निजका सन्तानले नागरिकता लिन पाउने जानकारहरुले बताएका छन् ।

अधिकारकर्मी एवं अधिवक्ता नेहा गुरुङले भन्नुभयो “आमा वा बाबु नेपालको नागरिक भएमा नेपालको संविधानले धारा ११ (२) ख मा आमा वा बाबु जसकोबाट पनि एक जनाकोबाट वंशजको नागरिकता लिन पाउने व्यवस्था गरेको छ । उहाँले भन्नुभयो संविधानले बुबा पहिचान नभएको हकमा आमाको नामबाट नागरिकता लिनुपरे भिन्नै व्यवस्था गरिएको छ ।”

उहाँले नेपालको नागरिक भएको खुल्ने कागजात पेस गरेको खण्डमा निजले आमाको नामबाट पनि वंशजको नागरिकता लिनसक्ने बताउनु भयो । उहाँले नेपालको संविधानमा बुबाको पहिचान नखुलेको व्यक्तिलाई नागरिकता दिँदा पहिचान नखुलेको भन्नेकुरा लेख्नैपर्ने प्रावधान नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले के भनेको छ भने धारा ११ (२) ख हेर्ने हो भने आमा वा बाबु जसकोबाट पनि एक जनाकोबाट वंशजको नागरिकता लिनसक्छ । यदी आमा वा बाबु नेपालको नागरिक हुनुहुन्छ भने । हाम्रो संविधानले बुबा पहिचान नभएको हकमा आमाको नामबाट नागरिकता लिनुप¥यो भने भिन्नै व्यवस्था गरेको अवस्था छ । यसमा कानूनी प्रावधान भन्नुपर्दा बुबा नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिने हकमा बुबाको पहिचान छैन भने त्यस्तो व्यक्तिले पनि आमाको नामबाट वंशजको नागरिकता लिन पाउँछ । बुबाको पहिचान छैन भने आमाको नामबाट वंशजको नागरिकता लिन मिल्छ । तर त्यो व्यक्ति नेपालको नागरिक हुनुपर्छ ।

नेपालमा नै बसोवास गरिरहेको हुनुपर्छ । बुबाको पहिचान छैन, नेपालमा नै जन्मिएको र नेपालमा नै बसोवास गरेको भन्ने पहिचान खुलाउनु पर्छ । सर्वोच्च अदालतमा पनि यसका धेरै नजिरहरु छन् । संविधानमा कतैपनि यो लेखिएको छैन की त्यस्तो व्यक्तिलाई नागरिकता दिँदा बुबाको ठाउँमा ठेगान नभएको, पहिचान नभएको लेखिदेउ भन्ने प्रावधान कतैपनि लेखिएको छैन । ऐनमा पनि के लेखिएको छैन भने बुबा पहिचान नभइकन लिइएको नागरिकको हकमा उसको जन्मदर्ता, नागरिकतामा त्यो ठाउँमा ठेगान नभएको लेखिनुपर्छ भन्ने व्यवस्था कतैपनि छैन । यदी अहिले बुबा पहिचान हुनुहुन्न भने नागरिकता लियो वंशजको आधारमा र भोलि गएर विदेशी हुनुहुन्छ भन्नेकुरा ठहरिने भयो भने वंशजको नागरिकता लिएको उक्त व्यक्ति अंगीकृतमा परिणत हुन्छ । तर भन्ने यो व्यवस्थालाई नै प्रयोग गरेर नागरिकता दिने क्रममा बुबाको पहिचान नभएको खण्डमा केही न केही लेख्नैपर्छ भन्ने अभ्यास हो । तर कानूनमा कतै छैन र नजिरले पनि आमाले जतिपनि डकुमेण्ट दिलाउन सक्नुहुन्छ त्यसको आधारमा नागरिकता दिनुपर्छ भन्ने छ ।’

अधिवक्ता गुरुङले नेपालमा व्यवहारिक रुपमा भने बुबाको पहिचान नभएको खण्डमा केही लेख्नैपर्छ भन्ने मान्यता रहेको बताउनु भयो । उहाँले कानूनमा बुबाको पहिचान नभएको खण्डमा पहिचान नभएको लेख्नैपर्छ भन्ने ऐन, कानूनमा व्यवस्था नरहेकाले कागजातको आधारमा नागरिकता दिन मिल्ने बताउनु भयो ।