• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

निकटतम प्रतिस्पर्धी भई पराजित महिला उम्मेदवार



काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो, सुनसरी–३ बाट भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यसैगरी तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र सोही पार्टीकी सोबिता गौतम काठमाडौँ–२ बाट निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् । पराजित हुने अधिकांश पूर्वसासंद हुनुहुन्छ ।

प्रदेश १
मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित हुनुभयो । उहाँले ३१ हजार नौ सय ४० मत प्राप्त गर्नुभयो ।

सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बन्नुभयो । मतगणनाका क्रममा केही समय अग्रता लिनुभएकी तामाङ अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित हुनुभयो । उहाँले १६ हजार छ सय छ मत ल्याउनुभएको हो ।

एमालेकी मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्कासँग पराजित हुनुभएको छ । डा खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित हुनुभएको थियो ।

मधेश प्रदेश
सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवसँग कांग्रेसकी चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित हुनुभयो । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गर्नुभयो ।

कर्णाली प्रदेश
जुम्ला–१ मा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बन्नुभयो । उहाँले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभएको थियो भने शाहीले २२ हजार आठसय १९ मत प्राप्त गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश
दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम प्रतिस्पर्धी बन्नुभयो । शान्ता मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित हुनुभयो । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गर्नुभएको थियो ।

दाङ–३ मा एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बन्नुभयो । गिरी ३६ हजार नौ सय ११ मतसहित निर्वाचित हुनुभयो । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित हुनुभयो ।

प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीसँग पराजित हुनुभयो । थापा ४१ हजार एक सय १८ मत ल्याई निर्वाचित हुँदा पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित हुनुभयो । पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको थियो ।

अर्घाखाची–१ मा कांग्रेसकी पुष्पा भुसाल ९गौतम० एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित हुनुभयो । भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो ।

गुल्मी–२ मा नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री एमालेका गोकर्णराज विष्टसँग दुई हजार ३५ मतान्तरले पराजित हुनुभयो । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभयो ।

गण्डकी प्रदेश
बागलुङ–२ मा एमालेकी मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित हुनुभयो । शर्मा २० हजार एक सय ९३ मत प्राप्त गरी पौडेलको निकटतम प्रतिस्पर्धी बन्नुभयो ।

बागमती प्रदेश
मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित हुनुभयो ।

सुदूरपश्चिम प्रदेश
कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित हुनुभयो । उहाँको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर हुनुहुन्थ्यो । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित हुनुभएको मगरले १९ हजार चार सय मत प्राप्त गर्नुभयो ।

कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित हुनुभयो । डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग चार हजार दुई सय छ मतान्तरले पराजित हुनुभयो ।

‘आन्तरिक सङ्गठन बलियो भएन’
एमालेकी गौरीकुमारी ओली भन्नुहुन्छ, “मैले जति मत पाएकी छु त्यो जनताले स्वःस्फूर्त दिएको मत हो । म उहाँहरूको मनमा बस्न सफल भएको छु ।” सोही पार्टीकी कमल वली मतदाता शिक्षाका अभावमा बदरमतको कारण पनि आफ्नो मत काटिएको बताउनुहुन्छ ।

पराजित भएपछि निर्वाचन समीक्षा गर्दै एमालेकी पाल भन्नुहुन्छ, “मेरो हारको मुख्य चुनौती गठबन्धन बन्योे ।”

गठबन्धनका तर्फबाट कांग्रेसकी पराजित कोइराला भन्नुहुन्छ, “गठबन्धन भित्रबाटै सहयोग भएन, आन्तरिक सङ्गठनहरू बलियो भएन । मलाई गठबन्धनका सबै दलबाट भोट प्राप्त भएन ।” सोही पार्टीकी यादवले भन्नुभयो “गठबन्धनभित्रका साथीहरूबाट नै मत पाइनँ । हामीले सुरुमा आकलन गरेको गठबन्धनको मतले मेरो जित सुनिश्चित थियो । मैले उहाँहरूलाई विश्वास गरेँ । अन्तिममा भित्रबाटै धोका भयो ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका तामाङले निर्वाचनमा पहिलोपटक उम्मेदवार हुँदा जनताले विश्वास गरेर आफूलाई दिएको मत महत्वपूर्ण रहेको बताउनुभयो ।