• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक ★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

बैतडीमा ७७ हजार मत खस्दा १९ हजार बदर



file

बैतडी । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए । जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् ।

प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन् ।

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँजस्ता सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वभाविक हो । मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन् ।”

धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।”

यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७७ हजार चार सय ६० मतमात्रै खसेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई क्षेत्र रहेको यस जिल्लामा २२ उम्मेदवार चुनावी मैदानमा रहनुभएको थियो ।

यहाँ प्रतिनिधिसभामा नेकपा ९एमाले० का दामोदर भण्डारी तथा प्रदेशसभा क्षेत्र नं १ मा एमालेकै सुरेन्द्र पाल र प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी हुनुभएको छ ।