५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर



अ+ अ-

काठमाडौं । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।

भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो । संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् ।

संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने । उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ ।

कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इस्टिच्युटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तरराष्ट्रिय विद्यार्थी अनुभव र छात्रवृत्तिका बारेमा जानकारी लिएर विद्यार्थी र अभिभावकलाई परामर्श दिँदै आएको संस्थाका निर्देशक सन्तोषकुमार चौधरीले बताए ।

हाल शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा संस्थाले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज’बारे जानकारी एवं परामर्श दिने कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावास काठमाडौंले मेधावी र मेहनती नेपाली विद्यार्थीलाई मेरिटको आधारमा ‘कम्पेक्स स्कलरशिप २०२१’ मार्फत शतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा अध्ययनको अवसर प्रदान गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।