५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो ।

यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको प्रहरी उच्च स्रोतले जनाएको छ । यो प्रस्ताव निजामती कर्मचारीको जस्तै गरी तयार गरिएको हो । सशस्त्र प्रहरीमासमेत परिचरका लागि यस्तै संरचना छ । सशस्त्रमा परिचरहरू पाँच वर्ष पुगेपछि एक तह बढुवा हुन्छन् ।

जसमा प्रहरी कार्यालय सहयोगी (परिचर)का चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्ताव गरिएको छ । नेपाल प्रहरीमा हाल सबै कार्यालय सहयोगी एउटै दर्जामा कार्यरत छन् । यस्तो हुँदा बढुवामा अन्योल हुँदै आइरहेको छ ।

यो प्रस्ताव पास भए प्रहरी कार्यालय सहयोगी पाँचौं तहसम्म बढुवा हुन्छन् । यस्तै, जवानबाट हबल्दार हुनु पहिले सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थप हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।