काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यलयमा साउन १५ को अवसरमा आज खीर खुवाइने भएको छ ।
थापाथलीस्थित पार्टी कार्यालयमा एमालेले खीर खुवाउन लागेको हो ।
नेकपा एमाले स्रोतका अनुसार दिउँसो २ बजेबाट ३ बजेसम्म खीर खाने कार्यक्रममको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा एमाले पदाधिकारी तथा पत्रकारहरुलाई खीर खान आउन निमन्त्रणा गरिएको छ ।
नेपाली परम्परा अनुसार साउन १५ मा खीर खाने चलन चल्दै आएको छ ।











