• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए ★   कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

कर्णाली प्रदेशसभा: नयाँ अनुहारको वर्चश्व



सुर्खेत । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहनुभएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेकपा ९एमाले०का छक्कबहादुर लामालाई हराउनुभएको हो । उहाँ यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट रहनुभएको छ ।

एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित हुनुभएको छ । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । उहाँले एमालेका खिमबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

यस्तै दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी हुुनुभएको छ । उहाँले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गर्नुभएको हो । उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसक्नुभएको छ ।

कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ यसअधि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहनुभएको छ । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । उहाँ एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी हुनुभएको हो ।

यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुनुहुन्छ । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गर्नुभएको छ । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहुनुभएका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गर्नुभएको हो ।

यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी हुनुभएको छ । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गर्नुभएको हो । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी हुनुभएको छ । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गर्नुभयो भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गर्नुभएको छ ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित हुनुभएको छ । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गर्नुभएको छ । यस्तै (२) मा राजकुमार शर्मा विजयी हुनुभएको छ । उहाँले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गर्नुभयो । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित हुनुभएको छ ।

कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गर्नुभएको छ । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित हुनुभयो ।

हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित हुनुभयो । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गर्नुभयो । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी हुनुभएको छ । उहाँले एमालेका कर्णबहादुर मल्ललाई पराजित गर्नुभएको छ ।

यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गर्नुभएको छ । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित हुनुभयो । रासस