८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको मागः ‘एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस्’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौंता संसदमा पेश गर्न सरकारसँग माग गर्नु भएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौंतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनी समेत दिनु भयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरित रहेको, त्यो नेपालको सार्वभौैमिकता, स्वतन्त्रता, स्वाधिनता, नेपालको राष्ट्रको हित विपरित रहेकाले त्यसलाई संशोधन नगरी अघि बढाउन नमिल्ने बताउनुभयो ।

उपाध्यक्ष रावलले भन्नु भयो, “एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेश गर्नु पर्दछ । जनताले त्यस सम्झौतामा उल्लेख भएका सबै विषय थाहा पाउनु पर्दछ । प्रतिनिधिसभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार छ । त्यहाँ भएका नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधानहरु परिवर्तन नभई त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ । नेपाली जनताले विगतमा पनि असमान सन्धिका कारण व्यहोर्नु परेको पीडाको फेरी पुनरावृत हुनेछ । त्यसका रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नु पर्दछ ।”

उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनैै पनि देशलाई सुम्पन नसकिने अडान दोहो¥याउनु भयो । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाईन्छ तर त्यो हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीति अनुसार हुनु पर्दछ भन्दै उपाध्यक्ष रावलले सो सम्झौैतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक पटक दोहोर्याउनुभयो । 




न्यूजपोलारबाट थप समाचार