• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सुनसरी १ मा अशोक राईको अग्रता



file

काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोक राईले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामानुसार राई राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङ भन्दा ११८ मतले अगाडि रहेका हुन् ।

अहिलेसम्म सुनसरी–१ मा ६७ हजार १२३ मत गनिएको छ । त्यसमध्ये राईले १४ हजार १०५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी तामाङले १३ हजार ९८७ मत पाएकी छन् ।

सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९९० मत ल्याएकी छन् । स्वतन्त्र उमेदवार मनोज मेन्याङ्बोले ६ हजार ९२९ मत पाएका छन् ।

अब बराह नगरपालिका–५ र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडाको मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।