२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: आज चार खेल हुदै



अ+ अ-

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । कतारमा जारी विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेल समूह ‘ई’मा रहेका जापान र कोस्टारिकाबिच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कोस्टारिका स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एफ’ मा रहेका बेल्जियम र मोरक्को बीचको प्रतिस्पर्धा साँझ ६:४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोएसियासँग बराबरी खेलेको थियो ।

विश्वकप अन्तर्गत आईतबार हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा भिड्ने छन् । समूह ‘एफ’ मा रहेका क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा रहेका छन् ।

अन्तिम चौंथो खेलमा समूह ‘ई’का जर्मनी र स्पेनबीचको प्रतिस्पर्धा । नेपाली समय अनुसार राति १२:४५ बजेबाट खेल सुरु हुनेछ । पहिलो खेलमा नै हार व्यहोरेको जर्मनी जित निकाल्ने योजनामा रहेको छ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।