• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

इलाम २ को मतगणना गर्न सुचारु आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को मतगणना गर्न सुचारु गर्न निर्देशन दिएको छ ।

मतगणनाको काम अन्तिम चरणमा पुगेका बेला शनिबार साँझदेखि एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएपछि गणना रोकिएको थियो । आयोगले निर्वाचन अधिकृतलाई पत्र पठाउदै गणना सुचारु गर्न निर्देशन दिएको हो ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । सो अवडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि हुनुहुन्छ । उहाँ त्यसअघिको वडामा १६ मतले पछि पर्नुभएको थियो ।