५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास
अ+ अ-

काठमाडौँ । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय यादव र राजेन्द्र महतोको हकमा पनि त्यस्तै भएको छ ।

प्रतिनिधिसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तराई मधेसमा यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रुपमा खडा हुनुभएको थियो ।

सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका महतो र कम्युनिष्ट पार्टीबाट अगाडि बढ्नुभएका यादव कुनै समय एउटै पार्टीमा आबद्ध हुनुहुन्थ्यो । घटनाक्रमले उहाँहरुलाई एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना गरिदियो । त्यसमा यसपटक यादवले आफूलाई श्रेष्ठ सावित गरेर जित निकाल्नुभयो । तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका छ सदस्यमध्ये उहाँहरु दुवै हुनुहुन्थ्यो । प्रकारान्तरणले सो पार्टी विभक्त भयो । जनता समाजवादी पार्टीका रुपमा नेपाली राजनीतिमा अगाडि बढिरहँदा यादवले डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथ दिनुभयो । महतो भने तराई मधेसका अर्का नेता महन्थ ठाकुरसँगै रहनुभयो ।

पछिल्लो पटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा विवाद सुरु भएपछि महिन्द्रले डा भट्टराईसँगै रहने निर्णय गर्नुभयो । यस पटकको निर्वाचनमा डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि नेकपा९माओवादी केन्द्र०को निर्वाचन चिह्न हसिया हथौंडालाई नै रोज्यो ।

सत्तागठबन्धमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी थियो । त्यस पार्टीका नेता हुनुहुन्थ्यो महत्तो । यता यादव पनि नेपाल समाजवादी पार्टीका तर्फबाट भएपनि वाम–लाकतान्त्रिक गठबन्धनमा आबद्ध हुनुहुन्थ्यो । जनतामा मत माग्न जाँदा प्राप्त हुने नजितालाई स्वीकार गर्नुको विकल्प छैन । यस्तै भयो महतो र यादवका हकमा पनि ।

हसिया हथाैडा चिह्नमा सर्लाही क्षेत्र नं २ बाट उम्मेदवार रहनुभएका यादवले २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतोले २१ हजार पाँच सय १८ प्राप्त गर्नुभयो । यसअघि विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यादवले सर्लाही क्षेत्र नं २ बाटै विजयी हुनुभएको थियो ।

यादवले २०५१ को निर्वाचन र २०५६ मा नेकपा९एमाले०बाट सर्लाहीबाटै निर्वाचित हुनुभएको थियो । विसं २०६४ को संविधानसभा सदस्यमा यादवले सर्लाहीबाट निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभामा पनि उहाँ सर्लाही क्षेत्र नं ४ बाट विजयी हुनुभएको थियो ।

उहाँले विसं २०५४ मा राज्यमन्त्री, २०६४ सालमा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कृषि र अर्थतन्त्रमा विशेष रुची रहेको यादवले राजनीतिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र थुनामा पर्नुभएको छ । वसन्तपुर सर्लाही स्थायी ठेगाना रहेको उहाँले पिछडिएको समदाय र अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई परिचित गराउनुभएको छ । उहाँले राज्यका तर्फबाट संविधानसभा पदक प्राप्त गर्नुभएको छ । रासस
–––