• १३ माघ २०७९, शुक्रबार
  •      Fri Jan 27 2023
Logo
Latest
★   राष्ट्रिय स्वतन्त्र पार्टीको सबै कार्यक्रमहरू स्थगित ★   म कुनै देशको नागरिक रहिन, कुनै प्रश्नको जवाफ छैनः रवि लामिछाने ★   रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा ★   स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा ★   रविको पक्षमा सर्वोच्च अगाडि प्रदर्शन गर्ने केही पक्राउ ★   नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, सांसद पद खारेज (पूर्णपाठ) ★   स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की ★   क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन् ★   सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा पारियो ★   माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने

पोल्याण्डले साउदी अरेबियालाई हरायो



काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा पोल्याण्डले पहिलो जित निकालेको छ । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डले साउदी अरेयिाबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पोल्याण्डलाई जित दिलाउन ३९ औं मिनेटमा प्रिटो जिलेन्स्की र ८२ औ मिनेटमा कप्तान रोर्बट लेवान्डोस्किले गोल गरे । लेवान्डोस्कीको विश्वकप करिअरमा यो पहिलो गोल समेत हो ।

पहिलो हाफको इन्जुरी समयमा साउदी अरेबियाले बराबरी गर्ने अबसर गुमायो । पोल्याण्डका गोलकिपर सेज्नीले उत्कृष्ट पेनाल्टी बचाउ गरे ।

साउदीका सलिम अल्डासरीको पेनाल्टी प्रहारलाई सेज्नीले सानदार बचाउ गरेका हुन् । त्यसपछिको रिबाउन्ड बललाई पनि सेजनीले बचाउ गर्दै गोल हुन दिएनन् ।

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।

जितसँगै पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा छ भने साउदी दोस्रो स्थानमा रहेको छ । आज नै यस समूहका अर्जेन्टिना रमेक्सिकोबीचमा खेल हुदैछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।