५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता
फाईल फोटो
अ+ अ-

काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी छ स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । लुम्बिनीमा तीन, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मधेसको सप्तरी २ मा अनिरुद्रकुमार सिंह, महोत्तरी २ मा सुरिताकुमारी साह, सर्लाही १ मा जवाहरलाल कुशवाहा, रौतहट १ मा केशव राय, बारा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्सा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित हुनुभएको छ । गण्डकीको मनाङ २ मा राजिव गुरुङ, लुम्बिनीको रुकुमपूर्व १ मा सुरल पुन, रोल्पा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) १ मा खड्ग बस्नेत, कर्णालीको जुम्ला १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुरा २ मा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन वटा प्रदेशमा एक÷एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । प्रदेश नं १, मधेस र गण्डकीमा एक/एक जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।

लोकतान्त्रिक मुलुकमा राजनीतिक दल नै निर्णायक शक्ति भए पनि मुलुकको निर्वाचनको इतिहासमा स्वतन्त्र उम्मेदवारको उपस्थित पनि निरन्तर रहेको देखिएको छ । मुलुकमा प्रजातन्त्रको पुनःबहालीपछि आमनिर्वाचन २०४८ देखि हालसम्मका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति रहँदै आएको देखिएको छ । विसं २०४८ को आवधिक निर्वाचनमा २१९ स्वतन्त्रसहित २० राजनीतिक दलका एक हजार तीन सय ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा तीन स्वतन्त्रसहित दुई सय पाँच जना विजयी भएका थिए ।

सो निर्वाचनमा नेपाली कांग्रेस एक सय १०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ६९, संयुक्त जनमोर्चा नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेपाल कम्युनिस्ट पार्टी (प्रजातान्त्रिक) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र तीन स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ ।

विसं २०५१ को मध्यावधि निर्वाचनमा २४ राजनीतिक दलका तर्पmबाट एक हजार ५७ र स्वतन्त्र तीन सय ८५ उम्मेदवार थिए । तीमध्ये राजनीतिक दलका तर्फबाट एक सय ९८ र स्वतन्त्र सात जना निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा एमाले ८८, कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र सात स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए ।

विसं २०५६ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० राजनीतिक दलका तर्फबाट एक हजार छ सय पाँच र स्वतन्त्र छ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा भने कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् । २०५ सदस्यीय प्रतिनिधिसभाका सबै सदस्य राजनीतिक दलका तर्पmबाट निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा कांग्रेस एक सय ११, एमाले ७१, राप्रपा ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा एक, र नेपाल मजदुर किसान पार्टीले एक स्थान जितेको थियो ।

विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनका लागि ७४ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये प्रत्यक्षतर्फ ५४ दलका तीन हजार एक सय ३० उम्मेदवारले भाग लिएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा (माओवादी) १२०, कांग्रेस ३७, एमाले ३३, मधेसी जनअधिकार फोरम नेपाल ३०, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सदभावना पार्टी चार, जनमोर्चा नेपाल दुई, नेपाल मजदुर किसान पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए ।

विसं २०७० को दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेस एक सय पाँच, एमाले ९१, एकीकृत नेकपा ९माओवादी० २६, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)चार, मधेसी जनअधिकार फोरम नेपाल दुई, तराई–मधेस लोकतान्त्रिक पार्टी चार, सद्भावना पार्टी एक, नेपाल मजदुर किसान पार्टी एक, तराई–मधेस सद्भावना पार्टी नेपाल एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए ।

विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नौ राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८०, कांग्रेस २३, माओवादी केन्द्र ३६, राजपा नेपाल ११, सङ्घीय समाजवादी फोरम नेपाल १०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टी एक÷एक तथा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।