• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

गृहमन्त्री खाँणको पराजय निश्चित



काठमाडौँ । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् ।

अब सबै मत खाँणलाई गएपनि उनको जित निश्चित छैन । यसैबीच, बोहोराका समर्थकहरुले विजयी र्‍यालीको तयारी समेत गरिसकेका छन् ।