• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित



कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गर्नुभएको हो । उहाँले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाउनुभएको छ ।

यस्तै कपिलवस्तु–२ प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँ आठ सय ९१ मतान्तरले निर्वाचित हुनुभएको हो ।

पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गर्नुभएको छ ।