२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी



अ+ अ-

मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । शाही र कार्कीबीच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुनुहुन्छ ।

त्यस्तै प्रदेशसभा (१)मा एमालेका जीतबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले छ हजार छ सय १८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार पाँच सय ४५ मत प्राप्त गर्नुभएको छ ।