• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

हेल्प फर ह्युमानिटीको सहकार्यमा पारस खड्काद्धारा क्रिकेट किट हस्तान्तरण



काठमाडौं । हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ । नेपाली क्रिकेट टीमका पुर्व कप्तान पारस खड्काले सुदरपश्चिम दार्चुलाका अभिजीत अ‍ैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन् ।

क्रिकेट खेलप्रति लगाव रहेको तर आर्थिक अवस्था कमजोर रहेका अ‍ैरेलाई पर्यटन व्यवसायी शेर्पासंगको सहकार्यमा किट प्रदान गरिएको हो ।
क्रिकेट किट प्रदान गर्दै पुर्व कप्तान खड्काले अ‍ैरेलाई सफल खेलाडी बन्न शुभकामना दिए । ‘सहयोगको लागि हेल्प फर ह्युमानिटी टिम र सोनाम ज्यूलाई धन्यवाद । अभिजीत अ‍ैरे भाइलाई सफल खेलाडी बन्न शुभकामना ।’ उनले भने, ‘हेल्प फर ह्युमानिटी नेपालले पनि आवश्यक पर्नेहरुलाई मात्रै सहयोग गर्नु होला ।’

खेल जस्तै शिक्षा, स्वास्थ्य जस्ता जुन सुकै क्षेत्रमा आवश्यक पर्नेहरुलाई सहयोग गर्न उनले हेल्प फर ह्युमानिटी नेपाललाई सुझाव दिए ।
यस्तै पर्यटन व्यवसायी शेर्पाले विगतमा आफुले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको जानकारी गराए । ‘पहिला म पनि खेलप्रेमी थिए । त्यतिखेर रहर भएपनि आर्थिक अभावका कारण खेल सामग्रिहरु किन्न सकिदैन थियो ।’

उनले भने, ‘आफुले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको हो ।’
यसैगरी संस्थाका कोषाध्यक्ष चिरञ्जिबी अधिकारीले पर्यटन व्यवसायी शेर्पा प्रति आभार व्यक्त गर्दै इच्छुक संघ संस्था वा समाजसेवीहरुलाई संस्थासँग सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे ।

हेल्प फर ह्युमानिटी नेपालले गर्ने सहयोग निरन्तरता रहने संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्काले जानकारी गराए ।