५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि
अ+ अ-

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ३३, नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एकीकृत समाजवादी) सात, राष्ट्रिय स्वतन्त्र पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी चार/चार, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक÷एक र पाँच स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट विजयी भएका छन् ।

कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, दीपक खड्का, डा शेखर कोइराला, रामहरि खतिवडा, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, मोहन आचार्य, प्रकाशमान सिंह, सन्तोष चालिसे, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ ।

यस्तै उदयशम्शेर राणा, टेकबहादुर गुरुङ, शङ्कर भण्डारी, राजु थापा, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर शाह, डिल्लीराज पन्त र दिलेन्द्रप्रसाद बडू निर्वाचित हुनुभएको छ ।

एमालेबाट अध्यक्ष केपी शर्मा ओली, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती र महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोबिता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ र तोसिमा कार्की निर्वाचित हुनुभएको छ ।

राप्रपाका राजेन्द्र लिङ्देन, धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्रबहादुर शाही तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव र वीरेन्द्रप्रसाद महतो, तथा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत तथा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित हुनुभएको आयोगले जनाएको छ ।