११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई
अ अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाउनु भएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गर्नुभएको हो । 

बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनु भएको छ । कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग  एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।